डुबेर बेपत्ता दुई जनाको शव फेला
रौतहट । रौतहटमा छुट्टाछुट्टै स्थानमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । मङ्गलवार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपत्ता भएकी बालिकाको शव बुधवार दिउँसो २ बजे फेला परेको छ ।
स्थानीय प्रिन्जमा कुमारी दास खोलामा डुबी बेपत्ता भएको प्रहरीमा जानकारी आएको थियो। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट असईको कमान्डमा गएको टोलीले खोजतलास गर्दा बालिका दासको शव घटना भएको स्थानबाट १ दक्षिण पानी मुनि बालुवा माटोमा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताए । मृतक बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ।
यस्तै लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा सशस्त्र प्रहरीले फेला पारेको सशस्त्रका एसपी विक्रम हुमागाईंले बताए। गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद उद्धारका सामग्री सहित गएका १० जनाको टोलीले लगातारको प्रयास पछि मङ्गलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमिटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण