शैतान २ को स्क्रिप्टमा काम सुरु
नयाँ दिल्ली । अजय देवगनको शैतानको सिक्वेल आउने भएको छ । यतिबेला फिल्मको स्क्रिप्टमा काम सुरु भइसकेको र स्क्रिप्ट फाइनल भएपछि अजयको साथमा मेकरहरुले फ्लिमलाई कहिले फ्लोरमा लैजाने भनेर तय गर्ने बताइएको छ ।
शैतान यस वर्षको सबैभन्दा हिट फिल्ममध्ये एक हो । यो हरर फिल्मलाई दर्शकहरूले निकै माया दिएका थिए । स्क्रिप्ट राम्रो भयो भने फिल्मको सिक्वेललाई पनि दर्शकले उत्तिकै माया गर्छन् भन्ने आशा मेकरहरूले गरेका छन् ।
त्यसैले स्क्रिप्टलाई ‘पर्फेक्ट’ बनाउन समय खर्चिरहेको बताइएको छ । स्क्रिप्ट तयार भएपछि मात्रै फिल्मलाई अगाडि बढाइने बताइएको छ ।
सक्सेसफुल फ्रेन्चाइजी फिल्म दिने एक्लो भारतीय अभिनेता बने अजय
अजय देवगन भारतीय सिनेमामा सक्सेसफुल फ्रेन्चाइजी फिल्म दिने एक्लो अभिनेता बनेका छन् । अजयको गोलमाल, सिंघम, धमाल, दृश्यम, रेड, दे दे प्यार दे फ्रेन्चाइजी फिल्म छन् ।
शैतान २ र सन अफ सरदार २ पनि आएपछि अजय सबैभन्दा सफल धेरै फ्रेन्चाइजीमा काम गर्ने एकमात्र भारतीय अभिनेता बनेका छन् । उनको एक्सन र ड्रामादेखि रोमान्स र कमेडीसम्मका हरेक फिल्मलाई दर्शकले निकै रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण