बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

२५ बर्षको उमेरमै यी इन्जिनियरको तलव मासिक १५ लाख !

मङ्गलबार, २५ वैशाख २०७५, ०९ : ५३
मङ्गलबार, २५ वैशाख २०७५

एजेन्सी -मधुमिता जसलाई अब मिल्नेछ झन्डै १५ लाख रुपैयाँ प्रतिमहिना तलव। 

उमेर २५ बर्ष, तलव प्रतिमहिना १५ लाख । 

तपाईं विश्वास गर्नुस् ।

विहारकी मधुमिता कुमारका लागि यो कुनै सपना होइन, वास्तविकता हो । 

विश्वकै ठूलो सर्च कम्पनीमा परिचित गूगलले मधुमितालाई एक करोड ८० लाख रुपैयाँको बार्षिक तलव प्याकेजमा नोकरी दिएको छ । 

सोमबारबाट उनले गूगलको स्वीजरलैन्डस्थित कार्यलयमा टेक्निकल सोल्यूशन इन्जिनियरका रुपमा काम थालेकी छिन् । 

गूगलमा नोकरी शुरु गर्नुअगाडि उनले बैंग्लोरस्थित एपीजी कम्पनीमा काम गर्थिन । 

उनका बुबाका अनुसार हालैका दिनमा उनलाई माइक्रोसफ्ट र मर्सिडीजजस्ता कम्पनीबाट पनि अफर आएको थियो । 

आज उनका पिता मधुमिताको सफलताको खुसी मनाईरहेका छन् । 

अहिले परिवारमा खुसी छ ।

तर, कुनै समय यस्तो थियो मधुमिताका बुवा उनलाई इन्जिनियर पढाउन तयार थिएनन् । 

पिता शुरेन्द्र कुमार शर्मा सम्झन्छनन्, -शुरुमा मैले भनेको थिए इन्जिनियरिङ फिल्ड केटीका लागि होइन । फेरि मैले देखेँ केटीहरु पनि ठूलो सख्यामा यहाँ आएका छन् । त्यसपछि मैले उसलाई ल भर्ना होउ भने ।’

त्यसपछि मधुमित जयपुरको आर्या कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा कम्प्युटर साइन्सको इन्जिनियरिङ पढिन ।

उनको ब्याच सन २०१० देखि २०१४ सम्मको थियो । १२ कक्षासम्मको पढाई उनले पटनामा गरेकी थिइन् । 

मधुमिता भारतका पूर्व राष्ट्रपति एवं वैज्ञानिक अब्दुल कलामलाई आफ्नो प्रेरणाको स्रोत मान्छिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप