शर्मिला, अञ्जली र एलिशाको तीज गीतमा छमछमी
बिहीबार, २४ साउन २०८१, ०८ : २४

काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा अभिनेत्री शर्मिला मल्ल, अञ्जली अधिकारी र एलिशा शर्मा अभिनीत तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको गीतमा गायिका निता आचार्यको स्वर छ ।
मौलिक शैलीमा तयार गीतमा गत वर्ष तीज मनाउन नपाएकोले यसपालि मिलीजुली रमाइलो गर्ने भनिएको छ । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो तीने कलाकार छमछमी नाचेका छन् ।
भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ । विषम आचार्यको सङ्गीत संयोजन रहेका गीतको भिडियो गायिका निता आचार्यकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)