शर्मिला, अञ्जली र एलिशाको तीज गीतमा छमछमी
बिहीबार, २४ साउन २०८१, ०८ : २४
काठमाडौँ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा अभिनेत्री शर्मिला मल्ल, अञ्जली अधिकारी र एलिशा शर्मा अभिनीत तीज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको गीतमा गायिका निता आचार्यको स्वर छ ।
मौलिक शैलीमा तयार गीतमा गत वर्ष तीज मनाउन नपाएकोले यसपालि मिलीजुली रमाइलो गर्ने भनिएको छ । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो तीने कलाकार छमछमी नाचेका छन् ।
भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ । विषम आचार्यको सङ्गीत संयोजन रहेका गीतको भिडियो गायिका निता आचार्यकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण