आरबीआईले लगातार नवौँ पटक पनि यथावत् राख्यो रिपो दर
बिहीबार, २४ साउन २०८१, १२ : १९
नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले प्रमुख ब्याजदर यथावत् राखेको छ । ६ अगस्टबाट सुरु भएको मौद्रिक नीति समीक्षा बैठक सकिएपछि बैंकले रिपो दर साढे ६ प्रतिशतमा यथावत् राखने निर्णय गरेको हो । योसँगै लगातार नवौँ पटक पनि प्रमुख ब्याजदर यथावत् राखिएको छ ।
केन्द्रीय बैंकको निर्धारित सीमा भित्र महँगीलाई राखेर कर्जा र आर्थिक वृद्धिलाई गति दिने उद्देश्यले नीतिगत दरलाई यथावत् राखेको आरबीआईका गभर्नर शक्तिकान्त दासले भनेका छन् ।
साथै बैंकले मार्जिनल स्ट्यान्डिङ फ्यासिलिटी (एमएसएफ) र स्ट्यान्डर्ड डिपोजिट फ्यासिलिटी (एसडीएफ) दर पनि क्रमशः ६ दशमलव ७५ प्रतिशत र ६ दशमलव २५ प्रतिशतमा यथावत् राखेको छ । आरबीआईले अन्तिम पटक सन् २०२३ को फेब्रुअरीमा रिपो दरमा हेरफेर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण