जुम्लामा तीन वर्षमा सवारी दुर्घटनामा २८ जनाको मृत्यु
जुम्ला । जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३१, आव २०७९/८० मा २५ तथा आव २०८०/८१ मा ३५ सवारीसाधन दुर्घटनामा परेका थिए । तीन वर्षमा ६ ट्रक, चार बस, १६ जीप र कार तथा १५ ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै ३१ मोटरसाइकल र १८ अटोरिक्सा पनि दुर्घटनामा परेका थिए । ती सवारीसाधन दुर्घटना हुँदा ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक धामीले बताए ।
तीव्र गतिका कारणले सवारीसाधन बढी दुर्घटना हुने गरेका पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन, चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ । जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट छन् । पातारासी गाउँपालिकाको उर्थुमा एक, तिलाको रारालिहीमा दुई, तातोपानीको लिताकोटमा एक, हिमाको बड्कीमा एक तथा कनकासुन्दरीको गुठीज्युलामा एक ट्राफिक प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण