ओलम्पिकमा भाग लिन पुगेका खेलाडी पेरिस सहरमा कोकिन खोज्दै हिँडेपछि !
काठमाडौँ । ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी हुन फ्रान्सको राजधानी सहर पेरिस पुगेका एक अस्ट्रेलियन खेलाडी कोकिन खरिद गरेको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियन हकी टोलीका सदस्य टम क्रेगलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
२८ वर्षीय टम क्रेग ओलम्पिक भिलेजबाट बाहिर निस्किएर कोकिन खरिद गर्न पुगेको थिए । केही समय हिरासतमा राखेपछि उनलाई स्थानीय सरकारी न्यायाधिवक्ताको कार्यालयमा पेस गरिएको थियो । त्यहाँ उनले आफ्नो गल्ती स्वीकारेका थिए ।
‘मबाट गल्ती भयो । अब यस्तो गल्ती दोहोरिने छैन । मलाई माफ गर्नुस्,’ सरकारी न्यायाधिवक्ताको कार्यालयमा आफ्नो गल्तीप्रति माफी माग्दै उनले भनेका थिए । त्यसपछि यस्तो गल्ती फेरि नदोहोर्याउने सर्तमा उनलाई रिहा गरिएको छ ।
न्यायाधिवक्ताको कार्यालयका अनुसार, कोकिन खोज्न विभिन्न पसलमा पुगे पनि उनले कोकिन खरिद गर्न भने पाएका थिएनन् । त्यसैले उनको साथबाट कोकिन बरामद नभएकाले चेतावनीसहित रिहा गरिएको समाचारमा जनाइएको छ ।
प्रहरीले रिहा गरेपछि उनले आफ्ना समर्थकहरूसँग पनि माफी मागेका छन् । ‘मेरो जीवनमा पछिल्लो २४ घण्टाको अवधिमा जति पनि अप्रिय घटना भए त्यसका लागि म हृदयदेखि माफी माग्न चाहन्छु । आगामी दिनमा मबाट यस्तो गल्ती कहिल्यै हुने छैन,’ उनले भनेका छन् ।
टम क्रेगसहितको टोलीले यसअघि जापानको राजधानी टोकियामा सम्पन्न ओलम्पिक खेलकुदमा रजत पदक जितेको थियो । उनले अस्ट्रेलियाको तर्फबाट एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
पेरिस ओलम्पिकमा अस्ट्रेलियन टोलीकी ‘सेफ दि मिसन’ अन्ना मेरेसले टम क्रेग ठुलो संकटबाट जोगिएकोमा खुसी व्यक्त गरेकी छन् । उनले टम क्रेग रिहा हुनु खुसीको विषय भए पनि अस्ट्रेलियन खेलकुदले उनको विषयमा ठोस निर्णय गरिनसकेको बताएकी छन् ।
‘टम क्रेग असल व्यक्ति हुन् । तर, उनले गलत काम गरे । पक्कै पनि उनले यो घटनाबाट गतिलो शिक्षा लिएको हुनुपर्छ,’ उनले भनेकी छन् । पेरिसको प्रहरीले उनलाई कोकिनको खोजी गरिरहेको अवस्थामा फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण