शेख हसिनाबारे भारतले के भन्यो ?
नयाँ दिल्ली । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यतिबेला भारतमा छिन् । सरकार विरोधी प्रदर्शन थेग्न नसकेपछि राजीनामा दिएर भारत आएकी हसिना अहिले पनि भारतमै छिन् ।
उनी भारतमै बस्छिन् कि अन्यत्र जाने योजनामा छिन् भन्ने अन्यौल छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको भावी योजनाबारे अहिले कुनै अपडेट दिन नसकिने बताएका छन् ।
यो काम हसिनाको भएको र कहाँ जाने वा नजाने भन्ने निर्णय उनी आफैँले लिनु पर्ने पनि जायसवालले भनेका छन् । हसिनाले निर्णय गरेपछि मात्रै भारत सरकारले अगाडिको निर्णय गर्ने पनि उनले बताएका छन् । ‘विदेशमन्त्री एस जयशंकरले संसदमा शेख हसिनालाई छोटो सूचनामा भारत भ्रमणको अनुमति दिइएको बताइसकेका छन् । अहिले मसँग उनको भावी योजनाबारे बताउन केही पनि छैन । परिस्थितिहरू क्षण क्षणमा बद्लिँदै गएका छन् । केहि स्पष्ट हुने बित्तिकै, हामी तपाईँलाई पूर्ण जानकारी दिनेछौँ,’ जायसवालले भनेका छन् ।
बंगलादेशमा बस्दै आएका करिब १९,००० भारतीयमध्ये ९ हजार विद्यार्थी थिए । अधिकांश विद्यार्थी स्वदेश फर्किएका छन् । धेरै भारतीयहरूले फर्कन मद्दत मागिरहेको र उनीहरूलाई सहयोग गर्न दूतावास हरेक पल तयार रहेको पनि उनले बताए । बंगलादेशमा रहेका भारतीय उच्चायोग र भारतीय नागरिकको सुरक्षाका विषयमा बंगलादेश सरकारसँग वार्ता भइरहेको पनि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण