पेरिस ओलम्पिक : पदक तालिकामा पहिलो बन्न अमेरिका र चीनबिच चर्को प्रतिस्पर्धा
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको पदक तालिकामा पहिलो बन्न अमेरिका र चीनबिच चर्को प्रतिस्पर्धा देखिएको छ । ३० स्वर्णसहित अमेरिका पहिलो र २९ स्वर्णसहित चीन दोस्रो स्थानमा आसीन छन् ।
अमेरिकाले ३८ रजत र ३५ कांस्यसहित कुल एक सय तीन पदक जितेको छ । दोस्रो स्थानमा आसीन चीनले भने २५ रजत र १९ कांस्यसहित कुल ७३ पदक हात पारेको छ । १८ स्वर्ण, १४ रजत र १३ कांस्यसहित कुल ४५ पदक जित्दै अस्ट्रेलिया तेस्रो स्थानमा छ ।
चौथो स्थानमा आसीन आयोजक राष्ट्र फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कांस्यसहित कुल ५४ पदक जितेको छ । १३ स्वर्ण, १७ रजत र २१ कांस्यसहित कुल ५१ पदक जित्दै बेलायत तालिकाको पाँचौँ स्थानमा आसीन छ ।
यसैगरी, छैटौँ स्थानमा आसीन दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २८ पदक हात पारेको छ । १३ स्वर्ण, सात रजत र १३ कांस्यसहित कुल ३३ पदक हात पार्दै जापान सातौँ स्थानमा रहेको छ ।
यसैगरी, आठौँ स्थानमा आसीन नेदरल्यान्ड्सले ११ स्वर्ण, ६ रजत र आठ कांस्यसहित कुल २५ पदक जितेको छ । १० स्वर्ण, ११ रजत र नौ कांस्यसहित कुल ३० पदक हात पार्दै इटाली नवौँ स्थानमा छ । १०औँ स्थानमा रहेको जर्मनीले नौ स्वर्ण, आठ रजत र पाँच कांस्यसहित कुल २२ पदक जितेको छ ।
हालसम्म ५३ राष्ट्रले स्वर्ण पदक जितिसकेका छन् । ८० राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराएका छन् । दक्षिण एसियाली राष्ट्र भारतले पनि एक रजत र चार कांस्यसहित कुल पाँच पदक जितेको छ । भारत पदक तालिकाको ६४औँ स्थानमा आसीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण