आम्दा अस्पतालको नाम कांग्रेस नेताको नाममा राख्ने निर्णयप्रति एमालेको आपत्ति
बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विरोध जनाएको छ । एमाले बुटवल नगरका अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति जारी नेताको नाममा नामकरण गर्ने निर्णयको विरोध जनाएका हुन् ।
हालै बसेको अस्पताल व्यवस्थापन समितिको बैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले उक्त प्रस्ताव पेस गरी निर्णय गराएका थिए ।
पाण्डेय अस्पतालको स्थानीय व्यवस्थापन समिति अध्यक्ष हुन् । उक्त समितिमा उपमहानगर प्रमुख पदेन अध्यक्ष, बुटवल उद्योग वाणिज्य सङ्घ अध्यक्ष पदेन उपाध्यक्ष रहने व्यवस्था रहेको छ । २०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण