आम्दा अस्पतालको नाम कांग्रेस नेताको नाममा राख्ने निर्णयप्रति एमालेको आपत्ति

बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विरोध जनाएको छ । एमाले बुटवल नगरका अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति जारी नेताको नाममा नामकरण गर्ने निर्णयको विरोध जनाएका हुन् ।
हालै बसेको अस्पताल व्यवस्थापन समितिको बैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले उक्त प्रस्ताव पेस गरी निर्णय गराएका थिए ।
पाण्डेय अस्पतालको स्थानीय व्यवस्थापन समिति अध्यक्ष हुन् । उक्त समितिमा उपमहानगर प्रमुख पदेन अध्यक्ष, बुटवल उद्योग वाणिज्य सङ्घ अध्यक्ष पदेन उपाध्यक्ष रहने व्यवस्था रहेको छ । २०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा रेबिजविरुद्ध खोप अभाव
-
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य