नाटकसहित उपत्यका प्रचारमा ‘बुलाकी’
काठमाडौँ । यही साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ नाटकसहित प्रचारमा निस्किएको छ । नौलो र भिन्न प्रचार गर्न निर्माण युनिट यतिबेला राजधानीका विभिन्न स्थानमा पुगेर सडक नाटक, नृत्य तथा गायन प्रस्तुति दिइरहेको छ ।
जहाँ स्थानीय दर्शकले बलियो साथ दिएका छन् । फिल्मले उठान गरेको कथावस्तु र प्रदर्शन मिति जानकारी गराउँदै दर्शक आकर्षण गर्न टोल–टोलमा पुगेको निर्माता तथा कलाकार बिराज विष्टले बताए ।
बिहीबार ललितपुरको लगनखेलमा फिल्म टिम पुगेर प्रस्तुति दिँदा सयौँ दर्शकले साथ दिएका थिए । व्यवसायीक थिएटर कलाकार तथा मोडलहरूसँगै गायक गायिकासहित फिल्मको प्रचार अभियानलाई अघि बढाइएको छ । नारीप्रधान भनिएको फिल्मको कथावस्तुको परिधिमा रहेर जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको विष्टले बताए ।
शुक्रबारदेखि अभिनेत्री सुरक्षा पन्त टिमसँग जोडिँदै छिन् । शुक्रबारबाट काठमाडौँका केही स्थानमा नाटक प्रदर्शन गरिएको छ । यो क्रम फिल्म रिलिजको अघिल्लो दिनसम्म चल्ने र काठमाडौँका मात्रै (डेढ दर्जन) १८ ठाउँमा प्रस्तुति दिइने निर्माताको भनाई छ ।
मुख्यतः मानिसहरूको बाक्लो भिडभाड हुने बसपार्क एरिया, विभिन्न पार्क, शान्तिवाटिका, भृकुटीमण्डप, विभिन्न सपिङ मल, खुल्ला मञ्च, वसन्तपुर, पाटन लगायतका ठाउँमा कलाकारसहित सिधा दर्शकसँग साक्षात् गर्ने कार्यक्रम रहेको निर्देशक लक्ष्मण सुनारले बताए ।
पश्चिम नेपालमा विद्यमान जारी प्रथाको कथा उठान गरेको फिल्मलाई निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टले नेपाली मौलिक फिल्म भन्दै आएको छ । नेपाल सरकारबाट विशेष फिल्मको अवार्ड प्राप्त गरिसकेको यो फिल्मले समग्र नेपालको संस्कृति र रीतिरिवाजको प्रतिनिधित्व गर्ने सुनार बताउँछन् ।
फिल्ममा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेताद्वय नरेन खड्का र बिराज विष्ट र नव अभिनेत्री सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, विनयराज पौडेललगायतका कलाकारलाई समेत फिल्मको अभिनयमा देख्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण