श्री एयरलाइन्स : यात्रुको विवादले जहाज फर्काइएको घटना के हो ?
सुर्खेत । शुक्रबार बिहान सामाजिक सञ्जालहरुमा काठमाडौँदेखि सुर्खेत आउन लागेको ‘जहाजभित्र यात्रुले भाँडभैलो’ गरेपछि उड्न लागेको जहाज फकाइएको भन्दै चर्चा भयो । श्री एयरलाइन्सले फेसबुक पेजमा समेत यात्रुहरुलाई दोष देखाइएको र आफ्नो कुनै कमजोरी नरहेको भन्दै प्रष्टिकरण दिएको छ ।
तर, उक्त जहाजमा चढेर सुर्खेत आइपुगेका यात्रुहरुले भने आफ्नो कमजोरी लुकाउन दोष यात्रुमाथि थुपारेर कर्णालीको बदनाम गरेको भन्दै आपत्ति जनाएका छन् । यात्रु युवा वैज्ञानिक राजेन्द्र विष्टले आफु घरमा पुगेर फेसबुक हेर्दा यात्रुमाथि दोष देखाइएको देखेर अचम्मित भएको बताए ।
उनले भने, ‘आज बिहान साढे सात बजे सुर्खेत उडान तालिका रहेको श्री एयरलाइन्सको विमानमा प्राविधिक सामस्या आएर धावनमार्गमा पुगेर फर्काइएको र यात्रुहरुलाई पोखराबाट आएको अर्को विमानमा स्थान्नान्तरण गरेर सुर्खेत पुर्याइएको हो । म स्वयम् प्रत्यक्ष्यदर्शी र त्यही विमानको एक यात्रु हुँ ।’
उनका अनुसार उडान ७ बजे नै थियो । तर सुर्खेत विमानस्थल बन्द रहेको भन्दै एक घण्टा ढिलो भयो । त्यसपछि साढे ८ बजेतिर हो, सायद, बोर्डिङ पास गराएर जहाजमा बसेको उनको भनाइ छ । त्यसपछि ५ मिनेटपछि ग्राउण्डमै घुमाएको र त्यसपछि एयर होस्टेजले चार्चिङ्ग इन्डिेकेटरमा समस्या आएका कारण पुनः धावनमार्गमा फकाउँदै छौँ भनेर एक्कासि घुमाएको उनले बताए ।
‘त्यसपछि त्यहाँ ५ मिनेट रोकायो, उत्रेर गाडीमा बस्न भनियो,’ उनले भने, ‘गाडीमा १५ मिनेट रोक्यो । त्यसबेला गाडी चालकसँग मैले सोध्दा तपाईँहरुलाई पोखराबाट आएकोले लान्छ होला भने । लगत्तै पोखराबाट अर्को प्लेन आयो । गाडीले त्यहाँ लग्यो, त्यसमा चढ्नुहोस् भन्यो ।’
त्यसपछि पुनः ट्राफिक व्यवस्थापनको कारण भन्दै अर्को जहाजमा पनि ५ मिनेट रोकाइएको र त्यसपछि सहज उडान भएर सुर्खेत आएको विष्टले बताए । जहाजभित्र कुनै होहल्ला नभएको र सुर्खेत आएर हेर्दा यात्रुमाथि दोष लगाएर प्रचार भएको उनको भनाइ छ ।
‘प्राविधिक कमजोरी हो भनेर त्यहाँभित्र नै भनिएको छ, यात्रुबिच केही झगडा नै भएको छैन, अहिले कर्णालीका मान्छेको बदनाम गरियो,’ विष्टले भने, ‘यो राम्रो भएन । सायद उसले आफ्नो बदनाम होला भनेर प्यासेन्जरलाई आरोप लगायो ।’ अहिले हवाई यातायातबारे अविश्वास पैदा भएकाले पनि त्यसो गरिएको हुनसक्ने विष्ट बताउँछन् ।
उक्त विषयबारे श्री एयरलाइन्सका प्रवक्ता, कर्पोरेट म्यानेजर अनिल मानन्धरसँग बुझ्दा आफुलाई खासै जानकारी नभएको जवाफ दिए । जबकि श्री एयरलाइन्सको फेसबुक पेजमा उनकै नाम उल्लेख गरेर यात्रुहरुबिच विवाद भएको भनेर लेखिएको छ ।
उनले भने, ‘मलाई पनि थाहा भएन, एयरपोर्टकै मान्छेले समाचार दिएको हो, हामीले यात्रुबिच झगडा भएको भनेको पनि छैन ।’ साथै उनले आफ्नो प्राविधिक कमजोरी नलुकाएको र सानोतिनो समस्याले जहाज फर्काएको बताए । मानन्धरले आफुहरुले झगडा, विवाद भएको भनेर आफुहरुले केही नभनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
-
आफ्नै चरित्रका कारण एमालेलाई अपूरणीय घाटा : सुदन किराती
-
एनआरएनएको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश
-
साइबर ब्युरोमा दुई महिनामा १३ सय ३५ ठगीको उजुरी
-
ग्रामीण क्षेत्रमा बिजुली पुग्नेगरी सरकारले काम गरिरहेको छ : राज्यमन्त्री तामाङ
-
मेलम्ची आयोजना पीडितद्वारा खानेपानी मन्त्रीलाई ज्ञापनपत्र, माग पूरा नभए खानेपानी बन्द गर्ने