बंगलादेशमा हिन्दुहरू मारिएको भन्दै काठमाडौँमा श्रद्धाञ्जली

काठमाडौँ । बंगलादेशमा हत्या गरिएका हिन्दुहरूको आत्माको चीर शान्तिकाे कामना गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।
शनिबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको हो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले कार्यक्रम आयोजना गरेको थियो ।
सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको निन्दाको रूपमा कार्यक्रमहरू गर्दै आएको बताए ।
उनले भने, ‘बङ्गलादेशमा हिंसात्मक द्वन्द्व भड्कियो, त्यसपछि राजनीतिक परिवर्तनसँगै धार्मिक संघ संस्थाहरूमाथि विशेष रूपमा त्यहाँको हिन्दु मन्दिरहरूलाई लक्षित गरेर मन्दिरहरू भत्काउने कार्य भएपछि हामीले त्यसको विरोध गरेका छौँ । हिजो मात्र बङ्गलादेशको राजदूतावासमा गएर यसबारे ज्ञापन पत्र पनि बुझाएका छौ । आजको कार्यक्रम जति पनि सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको हामीले निन्दा गरेका छौँ ।’
उनीहरूले हिन्दुहरूमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश