बंगलादेशमा हिन्दुहरू मारिएको भन्दै काठमाडौँमा श्रद्धाञ्जली
काठमाडौँ । बंगलादेशमा हत्या गरिएका हिन्दुहरूको आत्माको चीर शान्तिकाे कामना गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।

शनिबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको हो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले कार्यक्रम आयोजना गरेको थियो ।

सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको निन्दाको रूपमा कार्यक्रमहरू गर्दै आएको बताए ।

उनले भने, ‘बङ्गलादेशमा हिंसात्मक द्वन्द्व भड्कियो, त्यसपछि राजनीतिक परिवर्तनसँगै धार्मिक संघ संस्थाहरूमाथि विशेष रूपमा त्यहाँको हिन्दु मन्दिरहरूलाई लक्षित गरेर मन्दिरहरू भत्काउने कार्य भएपछि हामीले त्यसको विरोध गरेका छौँ । हिजो मात्र बङ्गलादेशको राजदूतावासमा गएर यसबारे ज्ञापन पत्र पनि बुझाएका छौ । आजको कार्यक्रम जति पनि सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको हामीले निन्दा गरेका छौँ ।’

उनीहरूले हिन्दुहरूमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण