जमिनमा गाडिएको अवस्थामा भेटियो चोरीका गहना
शनिबार, २६ साउन २०८१, १८ : ३६
कैलाली । धनगढी उप-महानगरपालिका-४ बसपार्क स्थित योगेन्द्र ओझाको घरबाट चोरी भएका थप गरगहना प्रहरीले बरामद गरेको छ । उपमहानगरपालिकाकै वडा नम्बर १ बस्ने गीता भण्डारीले सञ्चालन गरेको खाजा पसल भित्र तथा सोही नजिक निजले भाडामा लिएको जमिनमा गाडिएको अवस्थामा ती गरगहना फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जमिनमा खाल्डो बनाई लुकाई राखेको अवस्थामा शनिबार नौगेडी १ थान , मङ्गलसूत्र १ थान, बरमाला १ थान, फेन्सीमाला १ थान, पत्थरवाला माला १ थान, बाला १ थान , ठुलो टप २ जोर (चार पिस), विभिन्न प्रकारका सानो टप (१३पिस), अँगुठी १ थान, सिक्री १ थान, हिरा जस्तो देखिने सिक्री १ थान, र नगद रु. ३४६ रुपैयाँ बरामद गरिएको छ । प्रहरीले चोरीको आरोपमा हर्कबहादुर गिरीलाई पक्राउ गरी चोरी मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण