‘अवतार’को तेस्रो संस्करण घोषणा
क्यालिफोर्निया । सुपरहिट चलचित्र ‘अवतार’ को तेस्रो संस्करण घोषणा गरिएको छ । शुक्रबार क्यालिफोर्नियामा आयोजित डिस्नी फ्यान इभेन्टमा यसको घोषणा गरिएको हो ।
चलचित्रको नाम ‘अवतार : फायर एन्ड एयास्’ राखिएको छ । १२ हजार दर्शक सहभागी कार्यक्रममा निर्देशक जेम्स क्यामरुनले आगामी संस्करण ‘मानिसहरूले सोचेभन्दा फरक हुने’ जिकिर गरे ।
कार्यक्रममा क्यामरुनसहित चलचित्रकी स्टार जोई साल्डाना र साम वर्थिङटन पनि सहभागी भएका थिए । चलचित्र सन् २०२५ को डिसेम्बर १९ मा रिलिज हुने बताइएको छ । यसअघि सन् २००९ मा अवतारको पहिलो संस्करण रिलिज भएको थियो । त्यसपछि सन् २०२२ मा अवतार ः द वे अफ वाटर प्रदर्शनमा आएको थियो ।
सो कार्यक्रममा सन् २००३ को चर्चित कमेडी चलचित्र फ्रिकी फ्राइडेको दोस्रो संस्करणको पनि घोषणा गरियो । अभिनेत्री लिन्ड्से लोहान र जेमी ली कर्टिस ‘फ्रिकियर फ्राइडे’ को प्रमोसनका लागि उपस्थित थिए ।
त्यसैगरी, स्टार वार फ्रेन्चाइजीको नयाँ चलचित्र द म्यानडालोरियनको पनि घोषणा गरियो । चलचित्र सन् २०२६ को मेमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण