मन्त्री चौरसियाले गरे पर्सा जिल्ला अदालतको अवलोकन
वीरगन्ज । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले आइतबार पर्साका दुई वटा अदालतको स्थलगत अवलोकन गरेका छन् । गृह जिल्ला पुगेका कानुन मन्त्री चौरसियाले जिल्ला अदालत वीरगन्ज र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको स्थलगत अवलोकन गरेका हुन् ।
अदालतमा भौतिक संरचना र कर्मचारीहरूको अभावसहितका समस्या रहेको गुनासो आएपछि कानुनमन्त्री चौरसियाले बिहान दुईवटै अदालतको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा जिल्ला अदालत र अस्थाई इजलास वीरगन्जका प्रमुख न्यायाधीशद्वयले अदालतको भौतिक संरचना बेहाल अवस्थामा रहेको ब्रिफिङ गरेका थिए ।
जिल्ला अदालत पर्साका न्यायाधीश दीपक खनालले मन्त्री चौरसियालाई पर्सा जिल्ला अदालतमा भौतिक संरचना एकदम जीर्ण रहेको ब्रिफिङ गर्दै सबै संरचनाको स्थलगत अवलोकन समेत गराएका थिए ।
यसैगरी अस्थायी इजलास वीरगन्जका प्रमुख न्यायाधीश डा. रत्नबहादुर बागचन्दले पनि अस्थायी इजलास वीरगन्जमा भौतिक संरचनाको अभावसँगै एकदम न्यून सङ्ख्यामा कर्मचारी रहेको ब्रिफिङ गरेका थिए ।
उनले कर्मचारीका कारण जनताको काम सोचे अनुरूपको गर्न नसकिएको आग्रह गर्दै कर्मचारी थपिदिन माग गरेका थिए । निरीक्षणका क्रममा न्यायाधीश बागचन्दले मन्त्री चौरसियालाई कानुन संशोधनको मार्फत अस्थायी इजलासलाई स्थायी बनाउनमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
दुईवटै अदालतको निरीक्षण गर्दै मन्त्री चौरसियाले जिल्ला अदालत र उच्च अदालतमा धेरै समस्या रहेको पाइएको बताए ।
उनले भने, ‘जिल्ला अदालत र अस्थायी उच्च अदालत वीरगन्जमा भवन,कर्मचारीसहितको समस्या रहेको छ, यी समस्याहरू गम्भीर छन् । म यो समस्याप्रति संवेदनशील छु । त्यसकारण सरकारको तर्फबाट हुने सबै काम यी दुई वटै अदालतका लागि गर्नेछु । कर्मचारीहरूको अभावको समस्यालाई चाँडै सम्बोधन हुने गरी पहल गर्नेछु ।’
।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण