‘नरसिंहा’ मा राजेशको जोडीमा भित्रिन् नीति
काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले फिल्म ‘नरसिंहाः अवतार’ मा अभिनेत्रीको रूपमा नीति शाह भित्रिएकी छन् । निर्माणपक्षले फिल्ममा नीति भित्रिएको जानकारी दिएको हो । फिल्ममा उनको भूमिका के अहिलेसम्म सस्पेन्स नै राखेको छ ।
फिल्म दिवाकर भट्टराईले निर्देशन गर्न लागेका हुन् । नरसिंहाको अर्थ– भगवान विष्णुको उग्र अवतार हो । निर्माणपक्षले बिहीबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।
सार्वजनिक पोस्टरमा प्रयोग गरेको दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङले फिल्मको कथा युद्ध र शान्तिको हुने सङ्केत गरेको छ । शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले सङ्केत गरेकाले पनि फिल्म द्वन्द्व प्रधान हुने प्रष्ट छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म भदौबाट छायाङ्कनमा जाने तयारीमा छ । फिल्मको लगानी तीन करोडभन्दा माथि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण