सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प हुँदै, ७ जना भाग्यमानी ग्राहकलाई आकर्षक एसोसरिज प्याकेज
काठमाडौँ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यहीे साउन २७ देखि २९ गतेसम्म ‘किन योर आर इन टप शेप एण्ड एट द अनसुन बि एन एडभेन्च’ नारामा मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको पनि कम्पनीले जनाएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनेछन् भने लेवर चार्जमा २०% सम्मको छुट, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण