गृहमन्त्रीले भने- यसवर्ष मनसुनका कारण ४४ जना बेपत्ता
आइतबार, २७ साउन २०८१, १६ : ३०
काठमाडौँ । यसवर्ष मनसुन सुरु भएसँगै आएको बाढी र पहिरोमा परेर ४४ जना बेपत्ता भएका छन् । गृहमन्त्री रमेश लेखकले आइतबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा त्यसबारे जानकारी गराएका हुन् । उनले भने, ‘यसवर्ष मनसुनका कारण १७० जनाको मृत्यु र ४४ जना बेपत्ता भएका छन् ।
गत वर्षहरूमा भन्दा यसवर्ष मनसुनजन्य घटनाहरूमा वृद्धि भएको उल्लेख गर्दै लेखकले सरदर भन्दा यसपटक ४८ दशमलव ५ प्रतिशत धेरै वर्षा भएको बताए । जेठ २८ पछि मनसुन सुरु भएयता प्राकृतिक विपद्मा परेर १९७ जना घाइते भएका छन् ।
देशभर बाढी, पहिरो, वर्षा र चट्याङका २१२ घटना भएको लेखकले जानकारी दिए । यसवर्ष मनसुन जन्य विपद् उद्धारमा सेना, प्रहरी र सशस्त्रका १८ जना ७७७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण