ग्लोबल टी–२० क्यानडा : रोहितको टोलीले जित्यो उपाधि
ब्राम्टन । नेपाली राष्ट्रिय टोलीका कप्तान सम्मिलित टोली टोरोन्टो नेसनल्सले ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा मोन्ट्रेयल टाइगर्सलाई ८ विकेटले हराउँदै टोरोन्टोले उपाधिमाथि कब्जा जमाएको हो ।
मोन्ट्रेयालले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य टोरोन्टोले मात्र १५ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । रोहित सुरुवाती ११ मा नअटाएको खेलमा आन्द्रेस गोउसले ४९ बलमा सर्वाधिक ५८ रनको योगदान दिए ।
त्यस्तै, रासी भान डेर डुसेनले नटआउट रहेर ३४ बलमा ३० रन जोड्दै टोलीलाई जित दिलाए । मोन्ट्रेयालका लागि अज्मतुल्लाह ओमरजाई र कोरबिन बोस्चले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रेयाल २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रनमा सीमित बनेको थियो । टोलीका लागि कोरबिनले ३३ बलमा सर्वाधिक ३५ रनको योगदान दिए ।
त्यस्तै, जसकरन सिंहले १६ रन तथा अनुप रविले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन नै जोड्न सकेनन् । टोरोन्टोका लागि जेसन बेहरेन्डोफले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै, रोमारियो सेफर्डले ४ ओभरमा २० रन खर्चिँदै २ विकेट हात पारे । जुनिक सिद्धिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल माथारुले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण