माओवादी स्थायी समिति बैठकको समय सर्यो
सोमबार, २८ साउन २०८१, १० : ४८
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ ।
शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको थियो । तर नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय सरेको केन्द्रीयका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार अब दिउँसो २ बजे बैठक बस्नेछ । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए ।
उनको प्रस्तावमाथि नेताहरूले चर्को बहस गरेका छन् । खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायत नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण