गाजामा युद्धविराम वार्ता बाइडेनको योजनाअनुसार सुचारु हुनुपर्छ : हमास
रफाह । प्यालेष्टिनी सशस्त्र समूह हमासले गाजामा युद्ध बिरामसम्बन्धी वार्ता सुचारु हुने भए बाइडेनको पुरानो योजनाअनुसार हुनुपर्ने बताएको छ । अमेरिका समेतका मध्यस्तकर्ता देशले दुवै पक्षलाई युद्धविराम गर्न दबाब दिइरहँदा हमासले नयाँ चरणको छलफलका आधारमा नभएर अघिल्लो योजनाको आधारमा वार्ता सुचारु हुनुपर्ने बताएको हो ।
गएको हप्ता कतार, इजिप्ट र अमेरिकाले इजरायल र हमासलाई अगष्ट १५ मा युद्धविराम र बन्दीहरूलाई रिहा गर्नेसम्बन्धी वार्तामा बस्न अनुरोध गरेका थिए । यस विषयमा इजरायलले सो बैठकमा सहभागी हुन वार्ताकारहरूको एउटा टोली पठाउने बताएको थियो । मध्यस्तकर्ताहरूले दबाब दिएपछि हमासले विज्ञप्ति जारी गर्दै मे महिनामा बाइडेनले पेस गरेको भिजनका आधारमा वार्ता अगाडि बढाउन माग गरेको छ ।
विज्ञप्तिमा वार्ता जहाँ पुगेर रोकिएको थियो त्यहीँबाट सुरु गर्न भनिएको छ । केही अघि इजरायलले विस्थापित प्यालेष्टिनीहरू उत्तरी गाजामा फर्किए भने उनीहरूको स्क्रिनिङ हुनुपर्ने र इजिप्टको सीमामा रहेको फिलाडेल्फी करिडोरको नियन्त्रणमाथि प्रश्न उठाइनुपर्ने शर्त वार्तामा थपेको थियो ।
हमासले यी शर्त थप्नु अघिको शर्तहरूमा मात्रै वार्ता सुचारु गर्न खोजेको छ । हालैका दिनहरूमा गाजामा इजरायलले गरेको एकपछि अर्को आक्रमण र हमासका शीर्ष नेता इस्माली हानिया र हेजबोल्लाहका वरिष्ठ कमान्डरको निधनले मध्य पूर्वमा तनाव भड्काउने जोखिम बढेको छ । त्यसैले अमेरिका लगायत देशहरूले यो क्षेत्रमा सकेसम्म छिटै युद्धविराम गराउन चाहिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण