समस्याग्रस्त विन्दवासिनी सहकारी उकास्न नयाँ समिति गठन
पोखरा । पोखराको विन्दवासिनी सहकारीको समस्या समाधान गर्न विशेष साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन गरिएको छ ।
समाजसेवी चतुरमान श्रेष्ठको संयोजकत्वमा नयाँ समिति बनाइएको हो । समितिको उपाध्यक्षमा रेखा मर्सानी, सचिवमा निरोज पन्सारी, कोषाध्यक्षमा राजकुमार घले छन् ।
यस्तै, सहसचिवमा मीना पालिखे, सदस्यमा भगवती पराजुली र कमला कोइराला निर्वाचित भएका निर्वाचन समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए । नयाँ समितिले ऋण र धनको लेखाजोखा गरी बजारमा भएका ऋणीबाट रकम उठाएर पीडितलाई वितरण गर्नेछ ।
‘क्रोनिक भयो भनेर चुपचाप बसेर मात्रै भएन । समाधानका लागि हाम्रो तर्फबाट पनि पहल गर्नुपर्ने भएको छ,’ सहकारी पीडित संघर्ष समिति कास्कीका अध्यक्ष किरण श्रेष्ठले भने, ‘बजारमा भएको रकमको खोजी गर्ने र त्यसलाई उठाउन पहल गरियो भने केही सहज हुन्छ ।’
सहकारीको ७ करोड ६९ लाख रुपैयाँ ठगी भएको विवरण प्रहरीमा छ । ३१ जना प्रतिवादीमध्ये १९ जना पक्राउ परिसकेका छन् । १७ जनालाई धरौटीमा रिहा गरिएको छ भने २ जना पुर्पक्षका लागि थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण