डेडपुलको पहिलो चित्र कीर्तिमानी १ अर्ब रुपैयाँमा बिक्री हुने अपेक्षा
काठमाडौँ । बक्स अफिसमा ‘डेडपुल एन्ड वूल्भरिन’ ले कमाइका रेकर्डहरू तोडिरहेका बेला कमिक बुकमा प्रकाशित डेडपुलको पहिलो चित्र पनि कीर्तिमानी रकममा बिक्री हुने अपेक्षा गरिएको छ । सीएनएनमा प्रकाशित समाचार अनुसार उक्त तस्बिर ७५ लाख डलर (करिब १ अर्ब नेपाली रुपैयाँ) मा बिक्री हुने अपेक्षा गरिएको हो ।
लेखक तथा चित्रकार रब लेइफिल्डले सन् १९९१ मा तयार गरेको चित्रले माग गरे अनुसारको रकम हासिल गरे, यो सबैभन्दा महँगो कमिक बुक कभर बन्ने हेरिटेज अक्सनले जनाएको छ । लेइफिल्डले ‘द न्यु म्युटेन्ट्स’ शृङ्खलामा स्क्रिप्ट लेखक फाबियान निसिएजासँग काम गर्दा ‘डेडपुल’ चरित्र सिर्जना गरेका थिए ।

कमिकको चलचित्र भर्सनमा रायन रेनल्ड्सले डेडपुलको भूमिका निर्वाह गर्दछन् । यो चरित्रलाई फ्यानहरूले निकै रुचाएका छन् ।
हालै रिलिज गरिएको ‘डेलपुल एन्ड वूल्भरिन’ले पहिलो हप्ताको अन्त्यमा नै घरेलु बक्स अफिसमा २१.१ करोड डलर आम्दानी गरेको थियो । यो कुनै पनि ‘आर’ रेटिङ पाएको चलचित्रले हालसम्म पाएको सबैभन्दा ठुलो ओपनिङ थियो । समग्रमा यो हालसम्मकै छैटौँ ठुलो ओपनिङ पनि थियो ।
यसअघि सपुरम्यानको पहिलो चित्र भएको सन् १९३८ को कमिक गत अप्रिलमा ६० लाख अमेरिकी डलरमा बिक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण