नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइन्छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । उनले परिणाम आउने गरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने पनि बताए । कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरूले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने बताए ।
मन्त्री भण्डारीले सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरूको दैनिक कामको मूल्यांकन गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा
-
रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश
-
सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरूरी : सञ्चारमन्त्री
-
पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेश फर्किइन्, राजनीतिक उथलपुथल बढ्ने