इतिहासमा आज : कस्तो थियो आईबीएमले सार्वजनिक गरेको पहिलो पसर्नल कम्प्युटर ?
काठमाडौँ । आज १२ अगस्त । आजको दिन कम्प्युटरको इतिहासमा एक महत्त्वपूर्ण दिन हो ।
सन् १९८१ मा आजकै दिन इन्टरनेसनल बिजनेस मसिन्स (आईबीएम)ले पहिलो पर्सनल कम्प्युटर (पीसी) सार्वजनिक गरेको थियो । यो कदम प्रविधिको इतिहासमा एउटा कोशेढुंगा थियो जसले पर्सनल कम्प्युटिङलाई नयाँ दिशा दिएको थियो ।
आईबीएमको विश्वसनीयता र प्राविधिक विशेषज्ञताले यस पर्सनल कम्प्युटरलाई बजारमा चाँडै लोकप्रिय बनायो । यो आईबीएमको पहिलो मोडल ५१५० थियो । यसले क्रान्तिकारी डिजाइन र राम्रो गुणस्तरका लागि छुट्टै पहिचान बनायो ।
यस कम्प्युटरमा इन्टेलको ८०८० प्रोसेसर रहेको थियो जसमा १६ किलोबाइट र्याम र ५.२५ इन्चको फ्लपी ड्राइभ रहेको थियो । यसबाहेक कम्प्युटरको अपरेटिङ सिस्टमको रुपमा एमएस डस सामेल गरिएको थियो । यसलाई माइक्रोसफ्टले विकास गरेको थियो । यसको मूल्य १ हजार ५६५ डलर थियो ।
आईबीएम पीसीको सफल सुरुवातले अन्य कम्पनीलाई पनि यस क्षेत्रमा प्रवेश गर्न प्रेरित गरेको थियो । यही कम्प्युटरको प्रभावले सन् १९८० को दशकमा घर–घरमा कम्प्युटर पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण