मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
सोमबार, २८ साउन २०८१, २१ : ४१
काठमाडौँ । मानव बेचबिखनमा संलग्न आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका वडा नम्बर–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपाने छन् ।
आर्थिक अवस्था कमजोर भएकी महिलालाई उनले मैरिससमा ७० हजार कमाई र ग्रिनकार्ड पाइनले लोभ देखाएर मौरिसस लगेका हुन् । पीडितसँग २ लाख ५० हजार रकम समेत लिएर मौरिसरमा लगेर त्यहाँको नागरिकलाई जिम्मा लगाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितलाई मौरिससका नागरिकले घरेलु काममा लगाएर यौन शोषण गरेको ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
आरोपी विरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण