डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार जनावरी यता ३ हजार ३ सय ३९ जना सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो ।
मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यो जिल्लामा मात्रै पाँच सय बढी डेंगु सङ्क्रमित छन् ।
साउन २५ गते ३ हजार ८४ जनामा डेंगु देखिएको थियो । ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन दिनको फरकमा २५५ जना थप सङ्क्रमित भएको पुष्टि भएको छ ।
सो तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबै भन्दा बढी ५८२ जना सङ्क्रमित छन् । यस्तै, सबैभन्दा मक डेंगु प्रभावित कर्णाली प्रदेश देखिएको छ । यहाँ ४७ जना मात्रै डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण