पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव
पोखरा । स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको छ । विद्यालयले आवश्यकताका आधारमा मात्रै बस सञ्चालन गर्नुपर्ने र बिहान साढे ८ बजेबाट विद्यार्थी लिन बस निस्किनुपर्ने सुझाव दिएको हो ।
यस्तै, ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग हुन, बस चलाइरहेको बेला चालकले मोबाइलमा कुरा नगर्न, विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्तै सावधानी अपनाउन सुझाइएको छ । साउन १४ गते पोखरा २१ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन गठन भएको समितिले यस्ता सुझाव दिएको हो ।
उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको प्रतिवेदन दिइएको छ । बिरौटा स्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा आमा छोराको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । दुर्घटना लगत्तै महानगरले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्व छानबिन समिति गठन भएको हो ।
समितिका अनुसार दुर्घटना हुँदा विद्यालयमा अध्ययनरत विद्यार्थी बाहेक १ जना अभिभावक, एकजना कर्मचारी र ५ जना छोरेपाटन माविका विद्यार्थीहरू थिए । एउटा स्कुल बसले अर्को विद्यालयका विद्यार्थी, अभिभावक वा विद्यार्थी बाहेक कसैलाई नचढाउन भनेको छ । समितिले मेयर धनराज आचार्यलाई अध्ययन प्रतिवेदन बुझाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण