लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
सर्लाही । नगद लुटपाटमा संलग्न रहेको अभियोगमा बागमती नगरपालिका-४ जिरायत बस्ने ४० वर्षीय राम बहादुर थिङसमेत ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुली भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको ना.३ ख २८७६ नम्बरको बसमा सवार महोत्तरी बर्दिबास नगरपालिका-३ बस्ने ७० वर्षीय पुरुषको साथमा रहेको नगद ४ लाख ७० हजार रुपैयाँ सोही बसमा सवार अज्ञात समूहले महोत्तरी बर्दिबास नगरपालिका-३ कालापानीमा चोरी गरेको थियो ।
त्यसपछि बर्दिबासमा ओर्लिई धरानबाट नारायणघाटतर्फ जाँदै गरेको हाल अल्फाबेट नखुलेको ३३७७ नम्बरको बसमा चढी भागेको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले सर्लाही बागमती नगरपालिका-१२ पुतलीचोकस्थित कालिका होटलबाट लुटपाटमा संलग्न उनीहरूलाई नगद २ लाख २८ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण