वेस्टइन्डिजका चर्चित क्रिकेटरका छोरा जसले पेरिस ओलम्पिकमा अमेरिकाका लागि दुई स्वर्ण जिते
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण भर्खरै फ्रान्सको पेरिसमा सम्पन्न भएको छ । पेरिस ओलम्पिकमा ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित कुल एक सय २६ पदक जित्दै अमेरिका पहिलो भयो ।
अमेरिकालाई पदक तालिकाको पहिलो स्थानमा उभ्याउन राय बेन्जामिनको पनि महत्त्वपूर्ण भूमिका रह्यो । यी प्रभावशाली एथलेटिक्स खेलाडीले पेरिस ओलम्पिकमा दुईवटा स्वर्ण पदक जितेर अमेरिकालाई पहिलो स्थानमा उभ्याउन महत्त्वपूर्ण योगदान गरे ।
२७ वर्षीय राय बेन्जामिनले पुरुष चार सय मिटर हर्डल्स र चार गुना चार सय मिटर रिले दौडमा स्वर्ण पदक जितेका हुन् । आखिर को हुन् त राय बेन्जामिन ? खासमा, उनी वेस्टइन्डिजका प्रभावशाली क्रिकेटर विंस्टन बेन्जामिनका छोरा हुन् ।
विंस्टन आफ्नो समयका प्रभावशाली तीव्र गतिका बलर हुन् । उनले वेस्टइन्डिजका लागि २१ टेस्ट खेल्दै कुल ६१ विकेट लिएका थिए । उनले क्यारेबियन टोलीका लागि ८५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै कुल एक सय विकेट लिएका थिए ।
५९ वर्षीय विंस्टनले टेस्टमा कुल चार सय ७० र एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सय ९८ रन पनि बनाएका थिए । विंस्टनले सन् १९९५ को मे ३ तारिखमा अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट र सोही वर्ष मे २८ तारिखमा इङ्ल्यान्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
उनका छोरा राय बेन्जामिनको जन्म भने अमेरिकाको न्यु योर्कमा भएको हो । राय बेन्जामिन सुरुमा आफ्नो पिताको पदचिह्न पछ्याउँदै क्रिकेट खेल्थे । उनले केही समय अमेरिकी फुटबल पनि खेले । त्यसपछि उनी एथलेटिक्समा सक्रिय भएका हुन् ।
राय बेन्जामिनले सन् २०१३ को वर्ल्ड युथ एथलेटिक्स च्याम्पियनसिप र सन् २०१५ को वर्ल्ड रिले च्याम्पियनसिपमा क्यारेबियन राष्ट्र एन्टिगुआ तथा बर्मुडाको प्रतिनिधित्व गरेका थिए । त्यसपछि उनले अमेरिकी टोलीबाट खेल्न थालेका हुन् ।
उनले टोकियो ओलम्पिकमा पनि एक स्वर्ण र एक रजत पदक जितेका थिए । यसका अतिरिक्त उनले सन् २०१९ र सन् २०२२ को वर्ल्ड च्याम्पियनसिपमा पनि रजत पदक हात पारेका थिए । उनका पिता विंस्टन बेन्जामिन भने सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि प्रशिक्षकको भूमिमा सक्रिय थिए ।
‘यो मेरा लागि फरक अनुभव थियो । ओलम्पिकजस्तो वृहत् प्रतियोगितामा आफ्नो छोराले दोहोरो स्वर्ण पदक जित्दा कसलाई खुसी लाग्दैन,’ छोरा राय बेन्जामिनले पेरिस ओलम्पिकमा दोहोरो स्वर्ण पदक जितेपछि पिता विंस्टन बेन्जामिनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
ट्रम्पको हत्या प्रयासका संदिग्धमाथि बन्दुक अपराधको अभियोग
-
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको निर्देशन
-
सिटी एक्सप्रेसको २०८१ सालको दसैँ तिहार योजना सार्वजनिक
-
नेपाल–माल्टा सम्बन्धको ४१ औँ वार्षिकोत्सव मनाइयो
-
घरायसी तथा कर्पोरेट सेवाहरू सजिलै प्राप्त सकिने