शेख हसिनाविरुद्धको हत्या मुद्दामा छानबिन हुने
ढाका । बंगलादेशको एक अदालतले ढाकाका एक किराना पसलेको हत्यामा पूर्व प्रधानमन्त्री शेख हसिनाको कथित भूमिकासम्बन्धी मुद्दामा छानबिनको आदेश दिएको छ । यस मामिलामा मुद्दा दायर गर्नेले बताएअनुसार गएको महिना सरकारी जागिरमा आरक्षणको विरोधमा भएको आन्दोलनका क्रममा ती किराना पसलेको हत्या भएको थियो ।
हसिना र अरू ६ जनाविरुद्ध आमिर हमजाले मुद्दा दर्ता गराएका थिए । यस मुद्दामा ढाकास्थित चीफ मेट्रोपोलिटन मजिस्ट्रेट अदालतले सुनवाइको लागि मन्जुरी दिएको छ । आमिर हमजाका वकिल अनवारुल हकले यसबारे जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
उजुरीमा सुनवाइ पछि मजिस्ट्रेट राजेश चौधरीको हसिनानविरुद्ध छानबिन गर्न आदेश दिएका हुन् । बंगलादेशमा पछिल्ला कयौँ दिनदेखि जारी प्रदर्शनमा भएको हिंसामा सयौँको मृत्यु भएको छ ।
तर यी मृत्युमा हसिनामाथि मुद्दा दायर भएको यो पहिलो पटक हो । यो मामिलामा हसिनाको पार्टी आवामी लिगका महासचिव, पूर्व गृहमन्त्री र केही वरिष्ठ प्रहरी अधिकारीको भूमिकामाथि पनि छानबिन गरिनेछ ।
जुलाई १९ मा प्रहरीले प्रदर्शनकारी माथि गोली चलाउने क्रममा किराना पसलका मालिक अबु सइदमाथि गोली लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण