अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियन राजदूत भोल्कको बिदाइ भेट
बुधबार, ३० साउन २०८१, १० : ३२
काठमाडौँ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गरेका छन् ।
अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गरेका हुन् । भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिंदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताए।
सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण