काठमाडौँ मोडल कलेजद्वारा आयोजित इनोभेट टेक अन्तर्गतको पब्जी प्रतियोगिता सम्पन्न, योन्को ईस्पोर्ट्स विजेता
काठमाडौँ । काठमाडौँ मोडल कलेजले प्लस टु परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित इनोभेट टेक ई-स्पोर्ट्स श्रृंखलाको पब्जी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। प्रतियोगितामा योन्को ईस्पोर्ट्स टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। यो टोलीले ट्रफीका साथ रु. २५,००० नगद पुरस्कार जितेको छ।
प्रतियोगितामा रेकर्स टोलीले पहिलो रनर अपको स्थान हासिल गर्दै रु. १५,००० नगद पुरस्कार प्राप्त गर्यो भने स्किल म्याटर्स टोलीले दोस्रो रनर अपको स्थान हासिल गरी रु. १०,००० नगद पुरस्कार जित्न सफल भएको छ। साथै, यी तीनवटै टोलीलाई काठमाडौँ मोडल कलेजले कलेजको स्वाग सामग्री र कलेजका विभिन्न शैक्षिक कार्यक्रमहरूमा रु. १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ। यस प्रतियोगितामा ४ प्रदेशका १० भन्दा बढी जिल्लाहरूका २४ वटा टोलीले सहभागिता जनाएका थिए। प्रतियोगितामा ४वाई देब्रेलाई सर्वाधिक मूल्यवान खेलाडीको रूपमा चयन गरिएको छ।
सो कार्यक्रम काठमाडौँ मोडल कलेजको टेकभर्स क्लबद्वारा समन्वय गरिएको थियो। क्लब प्रमुख सभ्यता भट्टराईले कलेजले उठाएका यस प्रकारका पहलहरूको प्रशंसा गर्दै भनिन्, "जेन-जेड पुस्ताको रुचि र उत्साहलाई शैक्षिक कार्यक्रमहरूसँग एकीकृत गर्दै नयाँ आयाम स्थापित गर्न काठमाडौँ मोडल कलेज सधैं अग्रसर रहेको छ। यस प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्न मात्र नभई उनीहरूको आकांक्षा र भविष्यलाई नयाँ दिशा दिन मद्दत पुर्याउँछ।"
काठमाडौँ मोडल कलेजले यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ। इनोभेट टेक श्रृंखलाले ई-स्पोर्ट्स र शैक्षिक क्षेत्रबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण