मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेको ह्विप
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिन गइरहेका छन् । मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् भने एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरेका हुन् । तर हालै सत्ताबाट बहिर्गमन भएको एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
पूर्व आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सरकारको विपक्षमा मत नहाल्ने जानकारी दिए । सुदूरपश्चिममा समाजवादीका चार जना प्रदेशसभा सदस्य छन् । साउन २० गते मुख्यमन्त्रीमा नियुक्त शाहलाई कांग्रेसका १८ र एमालेका ७ जना प्रदेशसभा सदस्यसँगै नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ ।
यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्य छन् । बहुमतको सरकारको लागि यहाँ २७ सिट सङ्ख्या चाहिन्छ । यहाँ कांग्रेस र एमालेको मात्रै २९ पुग्ने भएको छ ।
समाजवादीसँग नेकपा माओवादी केन्द्र पनि विपक्षमा मतदान गर्ने भएको हो । माओवादी संसदीय दलका उपनेता अक्कल रावलले विपक्षमा मतदान गर्ने बताए । माओवादीका यहाँ सभामुखसहित ११ जना प्रदेशसभा सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण