केही दिनमै नयाँ बजेट ल्याउँछौ : मुख्यमन्त्री शाह
बुधबार, ३० साउन २०८१, १५ : २८
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले केही दिनमै प्रदेशको नयाँ बजेट ल्याउने बताएका छन् ।
प्रदेश सभाको बुधबार बसेको बैठकमा विश्वासको मत लिँदै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।
उनले आर्थिक ऐनमार्फत वियोजन ऐन चाँडै ल्याएर आर्थिक अवस्था चलायमान गर्ने बताएका हुन् । साथै प्रदेशको हितमा रहेका पुराना कार्यक्रमलाई निरन्तरता दिँदै विनियोजन ऐन ल्याउने बताएका छन् ।
यसैबिच शाहले सुशासन कायम राख्ने बताउँदै आफू पनि भ्रष्टाचार नगर्ने र कहीँ कतै कसैलाई गरेको पाए तत्काल कारबाही गर्ने पनि बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण