रुसको अर्को क्षेत्रमा पनि आपत्काल
मस्को । रुसको अर्को सीमावर्ती क्षेत्रले आपत्कालको घोषणा गरेको छ । युक्रेनी सेनाहरू रुसी भू–भागभित्र घुसेर आक्रमण जारी राखेकै समयमा रुसको बेलगोरोद क्षेत्रले पनि आपत्काल लगाएको हो ।
युक्रेनको बमबारीले अवस्था अति नै कठिन र तनावग्रस्त भएको त्यहाँको गभर्नर भ्याचेस्लाभ ग्लादकोभेले टेलिग्राममा एउटा सन्देशमा भनेका छन् । युक्रेनी सेनाको दिनहुँको आक्रमणले घरहरू ध्वस्त भइरहेको र नागरिकहरू मारिने वा घाइते हुने क्रम बढेको उनले बताएका छन् ।
युक्रेनले रुसी सीमाभित्र एक्कासि घुसपैठ सुरु गरेको आठ दिनपछि उनको यो अभिव्यक्ति आएको हो । रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेना अगाडि बढिरहेका छन् । युक्रेनका एक शीर्ष कमान्डरले यो हप्ता आफ्नो सेना रुसको नियन्त्रणमा रहेको क्षेत्रको १ हजार वर्ग किमी भित्रसम्म घुसेको दाबी गरेका थिए ।
रातभरमा आफ्नो प्रतिरक्षा प्रणालीले ११७ ओटा युक्रेनी ड्रोन खसालेको रुसले बताएको छ । त्यस्तै चार ओटा क्षेप्यास्त्र खसालिएको दाबी पनि रुसी मन्त्रालयले गरेको छ ।
उता, युक्रेनले पनि १७ रुसी ड्रोन खसालेको दाबी गरिरहेको छ । बेलगोरोद रुस–युक्रेन सीमा नजिक पश्चिम रुसको क्षेत्र हो । रुसले बेलगोरोदबाट धमाधम स्थानीय बासिन्दालाई अन्यत्र सारिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण