रेमिट्यान्सको ५६ अर्ब ट्याक्स खर्च घटाउन आवश्यक : पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले रेमिट्यान्समा लाग्ने शुल्क महँगो भएको बताएका छन् । बुधबार राजधानीमा आयोजित दुई रेमिट्यान्स कम्पनी आईएमई रेमिट्यान्स र जीएमई रेमिट्यान्स बीचको मर्जर कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पौडेलले ४.५ प्रतिशतको रेमिट्यान्स कर महँगो भएको बताए ।
‘रेमिट्यान्सको दायरा झन्झन् वृहत् र समुन्नत हुँदै गएको छ । २०५६/५७ देखि नेपालले औपचारिक रूपमा रेमिट्यान्स भित्र्याउने कार्यको थालनी गरेकोमा आज वर्षमा नै १४ सय अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याउन थालिसकेको छ’ पौडेलले भने, ‘तर ५६ अर्ब रुपैयाँ बढी रकम ट्याक्समा गइरहेको छ ।’
४ देखि ४.५ प्रतिशतको रेमिट्यान्स शुल्क महँगो भएको भन्दै कार्यकारी निर्देशक पौडेलले यसलाई केही कम गर्दै सबै खाले अनौपचारिक र हुन्डी कारोबार हुने रेमिट्यान्सलाई औपचारिक च्यानलमा ल्याउनुपर्ने उनले बताए ।
‘रेमिट्यान्स कम्पनीहरूले नेपालमा मात्र होइन विदेशमा पनि आफ्नो क्षमता प्रदर्शन गर्न आवश्यक । ६० लाख बढी नेपालीहरू विदेशमा रहेकोमा आज पनि आयातित रेमिट्यान्स पर्याप्त छैन । अनौपचारिक च्यानलबाट हुने हुन्डी कारोबारलाई निरुत्साहित गर्दै औपचारिक च्यानलमा ल्याउन रेमिट्यान्स कम्पनीहरूले अझ पहल गर्न आवश्यक छ’ उनले भने ।
सोही अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले समेत अनौपचारिक क्षेत्रबाट आइरहेको खर्बौँको रेमिट्यान्सलाई रोक्न र औपचारिकतामा जोड दिन रेमिट्यान्स कम्पनीहरूले क्षमता वृद्धि गर्नुपर्ने बताए । यसका लागि आवश्यक नीतिगत तथा व्यवहारिक सहजीकरण गर्न केन्द्रीय बैंक सधैँ तयार रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण