मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
काठमाडौँ । राजधानीको बालाजु बाइपास र लोलाङबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्युठानको गौमुखी गाउँपालिका ५ घर भई काठमाडौँको भत्केको पुल बस्ने २८ वर्षीय वसन्त हमाल र मकवानपुर घर भई लोलाङ बस्दै आएका २८ वर्षीय रुपेन कुमार परियारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालाजु बाइपासबाट हमालले चलाएको बा ९६ प ११ ६० नम्बरको पल्सर मोटरसाइकल ट्राफिक प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो । हमालले उक्त मोटरसाइकल परियारले दिएको भनि वयान दिएकाले उनलाई पनि लोलाङबाट नियन्त्रणमा लिन प्रहरी सफल भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
वास्तविक नम्बर बा ९९ प ५९८७ रहेको उक्त मोटरसाइकल काभ्रेस्थलीबाट हराएको भनि काठमाडौँकै तार्केश्वर नगरपालिका २ बस्ने पुष्कर लामिछानेले खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण