विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१० तल्लोपाकु बस्ने ४६ वर्षीया ज्ञानु चुदाली सोही ठाउँस्थित आफ्नै बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । बुधवार घाँस काट्न जान्छु भनी घरबाट गएकी उनी घर फर्की नआए पश्चात् खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यता सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ पदमपुर बस्ने विजय सुनारको छोरा करिब ३ वर्षीय ओम बहादुर सुनारसोही उपमहानगरपालिका –१५ उपल्लो चम्किपुर कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।कुलोमा खेल्ने क्रममा हराएका उनको खोजी गर्ने क्रममा करिब २ किलोमिटर टाढा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण