कोलम्बिया विश्वविद्यालयकी अध्यक्षले दिइन् राजीनामा
न्युयोर्क । अमेरिकाको कोलम्बिया विश्वविद्यालयकी अध्यक्ष मिनुश शाफिकले राजीनामा दिएकी छिन् । विश्वविद्यालय परिसरमा गाजामा जारी युद्धबारे विद्यार्थीहरूको विरोध प्रदर्शन व्यवस्थापन मामिलामा उनले राजीनामा दिएकी हुन् ।
शफिक एक वर्षअघि मात्रै सो पदमा आसिन भएकी थिइन् । विश्वविद्यालयमा शरदकालीन सेमेस्टर सुरु हुन केही हप्ता मात्रै बाँकी रहँदा उनको राजीनामा आएको हो । गाजा युद्धको विरोध प्रदर्शनलाई सम्हाल्न नसकेपछि न्यूयोर्कमा आईभी लिग विश्वविद्यालयबाट राजीनामा दिने उनी तेस्रो अध्यक्ष हुन् ।
अप्रिलमा शफिकले न्यु योर्क प्रहरी विभागका अधिकारीहरूलाई क्याम्पसभित्र छिर्ने अनुमति दिएकी थिइन् । उनको सो कदमपछि प्रहरीहरूले झन्डै सयजना विद्यार्थीलाई पक्राउ गरेर लगे । कोलम्बियाको क्याम्पसबाट यसरी बृहत स्तरमा विद्यार्थी पक्राउ गरिएको यो पाँच दशकभन्दा बढी समययताकै पहिलो पटक थियो ।
यसले अमेरिका र क्यानडाभरका अन्य दर्जनौँ विश्वविद्यालयमा पनि गाजा युद्धविरुद्ध विरोध प्रदर्शन भड्कायो । आफूले विश्वविद्यालयमा उथलपुथलपूर्ण समय देखेको अनि यसमा समुदायबारे फरक विचारलाई जित्न गाह्रो भएको भनेर बुधवार विद्यार्थी र फ्याक्ल्टीलाई पठाएको इमेलमा शाफिकले लेखेकी छिन् ।
यस अवधिले समुदायका अन्यलाई झैँ आफ्नो परिवारमा समेत निकै असर पुर्याएको पनि उनले पत्रको बताइन् । अहिलेका लागि कोलम्बिया विश्वविद्यालय इर्भिङ मेडिकल सेन्टरकी प्रमुख कार्यकारी अधिकारी कट्रिना आर्मस्टङगले कोलम्बिया विश्वविद्यालयको कामचलाउ अध्यक्षको रूपमा काम गर्नेछिन् ।
मध्यपूर्वको अवस्था पहिला नै राम्रो थिएन । यस विषयमा विश्वविद्यालयमा चर्को बहस भइरहेको थियो । यस्तोमा गाजा युद्धले विद्यार्थीहरूमा त्यहाँको अवस्थाप्रति असन्तुष्टि र क्रोध थप बढाएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको अनि गाजापट्टीमा इजरायली सेनाको बारम्बारको आक्रमणको विरोधमा अमेरिकी कलेज, क्याम्पस र विश्वविद्यालयमा चर्को विरोध प्रदर्शन भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण