स्थायी समिति बैठक
माओवादी बैठक सुरु, प्रचण्डले जवाफ दिँदै
बिहीबार, ३१ साउन २०८१, १५ : ०१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेको महासचिव देव गुरुङले जानकारी दिए ।
साउन २५ गते सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी प्रस्ताव पेस गरेका थिए । चार दिनसम्म चलेको छलफल र बहसमा नेताहरूले नीति, नेतृत्व र पार्टी निर्माणको सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए ।
बैठकमा उठेका प्रश्नको जवाफ प्रचण्डले दिएपछि बैठक आजै सकिने गुरुङले बताए । स्थायी समिति बैठक बस्नुअघि प्रचण्डले पदाधिकारीसँग झण्डै २ घण्टा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमान्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण