सेयर बजारमा झण्डै ३० अर्ब कारोबारको नयाँ रेकर्ड
काठमाडौँ । सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुँदै झण्डै ३० अर्ब रुपैयाँ रेकर्ड राखेको छ ।
साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार कारोबार खुलेको केही मिनेटमा नै सेयर बजारले ३ हजारको विन्दु क्रस गरेको थियो भने ६ अर्बमाथिको कारोबार भएको थियो ।
अन्तिम समयसम्म तीव्र उतारचढावका बिच अन्ततः नेप्से सूचक ४३.०५ अंकले बढ्दै ३ हजार दशमलब ८१ विन्दुमा अड्डिन पुगेको छ । यता कारोबार भने २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमाथि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
बिहीबार बैंकिङ समूहको उपसूचक ५.५६ अंकमाथिले बढ्दा समग्र बजार नै प्रभावित बन्न पुगेको छ । यस्तै डेभलपमेन्ट बैंक समूह, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक हुँदा बाँकी ५ वटा उपसूचक मात्र ऋणात्मक भएका छन् ।
बिहीबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण