पार्टी एकताबारे कसैसँग कुरा चलेको छैन : जगन्नाथ खतिवडा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग आफ्नो पार्टी एकीकरण गर्ने कुरा नचलेको दाबी गरेका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताको चर्चाकाबिच शीर्ष नेताहरूको भेटवार्ता बाक्लिँदै गर्दा प्रचार विभाग प्रमुख खतिवडाले स्पष्टीकरण दिएका हुन् ।
‘नेकपा एकीकृत समाजवादीको कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन’, खतिवडाले बिहीबार भनेका छन् । त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूको बिचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै भने स्वीकारेका छन् ।
‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुको बिचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो’, उनले भनेका छन्, ‘त्यो भन्दा बढी केही छैन ।’ उनले सबै राजनीतिक दलका आ–आफ्ना कार्यनीति हुने र भन्दै त्यसमा बहकिन नहुनेमा जोड गरेका छन् ।
‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो । कम्युनिस्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ । कलम चुनाव चिह्न हाम्रो विशेष परिचय हो यो परिचयलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन’, खतिवडाले भनेका छन् ।
खतिवडाले यस्तो दाबी गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष प्रचण्डबिच यो साता मात्रै दुई पटक पार्टी एकताबारे छलफल भएको स्रोतले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण