गठ्ठाघर दुर्घटना
ट्रक चालक फरार, स्कुटर चालकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा
बिहीबार, ३१ साउन २०८१, १७ : १३
१
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको शव प्रहरीले अस्पताल पठाएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । दुर्घटनामा परेर बा.४९ प ८९४४ नम्बरका स्कुटर चालकले ज्यान गुमाएका हुन् ।
मृतकको सनाखत भएको छैन । ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ ।
ट्रक चालक फरार रहेको र खोजी भइरहेको एसएसपी मैनालीले जानकारी दिए । घटनास्थलमा करिब २ हजार प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण