मधेस प्रदेशको आन्तरिक मामिला मन्त्रालयका तत्कालीन उपसचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । मधेस प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैरकानुनी लाभ तथा हानी पुर्याई राज्यकोषको सम्पत्ति भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कुशवाहालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७७–०७८ मा ईलाका प्रहरी कार्यालय, गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्य गर्दा गुणस्तरहीन काम गराएर रकमहिनामिना गरेको ठहर गर्दै अख्तियारले कुशवाहा, पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवका साथै निर्माण व्यवसायी राकेश प्रसाद जायसवालविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध पाँच लाख एकतीस हजार चार सय अठ्ठाइस रुपैयाँ पैसा सत्तरी बिगो कायम गरी कानुन अनुसार सजाय र जरिवानासमेत मागदाबी गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण