भक्तपुर दुर्घटना
गठ्ठाघरमा दुर्घटनामा मृत्यु हुने स्कुटर चालकको अझै भएन सनाखत
बिहीबार, ३१ साउन २०८१, १९ : ५०
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालकको सनाखत हुन सकेको छैन । यसअघि एकजना युवकले दुर्घटनामा पर्ने सुस्मा नेपाली आफ्नो बहिनी भएको दाबी गरे । तर, दोलखाको मेलुङ गाउँपालिका–६ घर भएकी २६ वर्षीया सुस्मा नेपाली जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्कमा पुगेकी छन् ।
मृतकको सनाखत गर्ने प्रयास भइरहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण