वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा २ जना पक्राउ
बिहीबार, ३१ साउन २०८१, २० : ११
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएर ललितपुर बस्ने ३२ वर्षीय सुरेश राना र सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने राजेश विष्ट छन् ।
रानाले ८ जनासँग १५ लाख ९३ हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । इटाली, रोमानिया र दुबई पठाउँछु भनेर रकम लिएपछि उनी सम्पर्कविहीन भएका हुन् ।
विष्टले १ जनासँग १ लाख ८० हजार रकम ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरू काठमाडौँबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण