३४ पेनाल्टी प्रहारपछि आयाक्स युरोपा लिग छनोटको प्ले–अफ चरणमा
काठमाडौँ । युरोपा लिग फुटबलको तेस्रो चरणको छनोट प्रतिगोयतामा डच क्लब आयाक्सले रोमाञ्चक जित हासिल गरेको छ । आयाक्सले बिहीबार राति खेलिएको खेलमा ग्रिसको क्लब पानाथिनाइकोसलाई पेनाल्टी सुटआउटमा हराएको हो ।
निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हार–जितका लागि पेनाल्टी सुटआउटको मद्दत लिनु परेको थियो । पेनाल्टी सुटआउटमा पनि ३४ प्रहारपछि मात्र विजेता टोलीको टुङ्गो लागेको थियो ।
पेनाल्टी सुटआउटमा आयाक्सले पानाथिनाइकोसलाई १३–१२ गोलले हराएको हो । जितसँगै आयाक्स छनोट चरणको प्ले–अफ चरणमा प्रवेश गरेको छ । आयाक्सको जितमा ४० वर्षीय गोलरक्षक रेम्को पासभिर नायक बने ।
उनले पेनाल्टीमा पाँचवटा प्रहार जोगाएका थिए भने एउटा गोल पनि गरेका थिए । पेनाल्टी प्रहारमा आयाक्सका लागि डिफेन्डर एन्टोन गाईले निर्णायक गोल गरेका थिए । पेनाल्टी सुटआउट २५ मिनेटसम्म चलेको थियो । युरोपिन प्रतियोगितामा यो दोस्रो सर्वाधिक पेनाल्टी प्रहार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण