काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कान नगर्ने संस्थालाई कारबाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्रीले भण्डारीले वैदेशिक रोजगारीमा जानु अघि श्रमिकलाई पूर्व प्रस्थान तालिम दिने संस्थालाई कारवाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका हुन्।
वैदेशिक रोजगार विभाग र मातहतका निकायबाट गरिएको अनुगमनको क्रममा पढाउँदै नपढाइ हाजिरी मात्रै गरेको देखिएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो। कार्बाही गर्दै उनीहरूलाई निलम्बन गरेको थियो ।
कारबाहीमा परेकाहरूले कारबाही फुकुवा माग गर्दै उनीहरूले नारा जुलुस गर्दै हिँडेको मन्त्री भण्डारीले बताए। ‘अनुगमनको क्रममा टेबल कुर्सी समेत नरहेको भेटिएको थियो। त्यसपछि हामीले कारबाही गर्यौ। कारवाही गरेपछि स्पष्टीकरणका लागि समेत अवसर दिएका थियौँ। तर, कसैले पनि चित्तबुझ्दो जवाफ दिनुभएन। अहिले नाराबाजी गर्दै हिँड्नुभयो,’ मन्त्री भण्डारीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण